
काभ्रे, चैत २० । जनमत वाङ्मय प्रतिष्ठान नेपालले आफ्नो ३२औं वार्षिकोत्सवको अवसरमा साहित्य सिर्जना र संरक्षणमा सक्रिय व्यक्तित्वहरुलाई शनिबार काभ्रेको बनेपामा सम्मान गरेको छ ।
सम्मानित हुनेमा स्रष्टाहरु झमक घिमिरे, धनमान श्रेष्ठ, रुक्मिणी श्रेष्ठ, डा. तुलसी भट्टराई, प्राध्यापक प्रेमशान्ति तुलाधार, डिल्लीराम मिश्र, चिरञ्जीवी माकजु, डा. रिना तुलाधरल र भवानी तावा छन् ।
शनिबारै प्रतिष्ठान र काभ्रे बहुमुखी क्याम्पसको समन्वयमा स्थापना गरिएको पुस्तकालको पनि उद्घाटन गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्