१९ चैत्र २०८१, मंगलबार | Wed Apr 2 2025


भारतको इशारामा चलेको भन्दै उपेन्द्र यादवलाई कालोझन्डा


0
Shares

सुर्खेत, चैत २० । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई शनिबार सुर्खेतमा कालोझन्डा देखाइएको छ ।

नेकपा एमालेको युवा संगठन युवा संघ र एकीकृत नेकपा माओवादीको युवा संगठन वाइसीएलका कार्यकर्ताले यादवलाई कालोझन्डा देखाएका हुन् ।

पार्टीको कार्यक्रमका लागि वीरेन्द्रनगर आएका यादवलाई मधेस आन्दोलनको नाममा देशलाई नै ठप्प हुने गरी नाकाबन्दी गरेको र भारतको इशारामा चलेको आरोप लगाउँदै कालोझन्डा देखाइएको हो ।

पार्टीको खसान प्रदेशको समायोजन भेलाको उद्घाटनका लागि यादव सुर्खेत आउने जानकारी पाएपछि युवा संघ र वाइसीएलका कार्यकर्ता बिहानैदेखि कालोझन्डा लिएर बसेका थिए ।