
काठमाडौं, चैत १९ । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय एकता सुदृढ भएमात्र राष्ट्रिय स्वाधिनताको पनि रक्षा गर्न सकिने बताएका छन् ।
निर्मल लामा प्रतिष्ठानले शुक्रबार ललितपुरमा गरेको विचार गोष्ठीमा उनले राष्ट्रिय एकता बलियो भएमात्र राष्ट्रिय स्वाधिनताको रक्षा हुने बताए ।
गोष्ठीमा एमाले नेता भरतमोहन अधिकारी, पूर्वसभामुख दमननाथ ढुंगाना र एकीकृत माओवादीका नेता लिलामणि पोखरेललगायतले नेपालको राष्ट्रियता र स्वाधिनताको पक्षमा स्वर्गीय निर्मल लामाले पुर्याएको योगदानबारे चर्चा गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्