
काठमाडौं, चैत १८ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार परिवर्तन गर्न खोज्नेहरुले चर्को मूल्य चुकाउनुपर्ने बताएका छन् ।
एमाले संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकलाई विहीबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले धेरै अनुभवी दलहरु मिलेर खास उद्देश्यका लागि वर्तमान सरकार बनेको भन्दै सरकार हटाउन अहिले सम्भव नहुने जिकिर गरे ।
सरकार परिवर्तन गर्न खोज्नेहरुले चर्को मूल्य चुकाउनुपर्ने भन्दै उनले आफू संविधानलाई टेकेर दृढताकासाथ अघि बढ्ने बताए ।
प्रधानमन्त्री ओलीले बजेट निमार्णको समयमा सांसद र पार्टीसँग पर्याप्त छलफल गरिने पनि बताए ।
सो अवसरमा एमाले सांसदलहरुले आफूहरुको कुराको सुनुवाइ नभएको, प्रधानमन्त्री र मन्त्रीहरुलाई भेट्न नपाएको, कार्यकर्ताको काम हुन नसकेको, भूकम्पपीडितहरुलाई राहत वितरण र पुनःनिमार्णको काम सुस्त भएको भन्दै पार्टी नेतृत्वको आलोचना गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्