
दिनेश थापा
सिन्धुपाल्चोक, चैत १८ । भूकम्पले जिल्लाका सबैजसो विद्यालयमा क्षति पुगेपछि सिन्धुपाल्चोकमा विद्यार्थीहरुले अस्थायी टहरा र पालमुनि बसेर एसएलसी परीक्षा दिएका छन् ।
विहीबारदेखि सुरु भएको एसएलसी परीक्षामा जिल्लाका ६ हजार ३ सय ६४ परीक्षार्थीहरुले अस्थायी सिकाइ केन्द्रमा बसेर परीक्षा दिएका हुन् ।
जिल्लामा २४ ओटा परीक्षा केन्द्र तोकिएको छ ।
एसएलसीको इतिहासमा जिल्लामा पहिलोपटक यसरी टीएलसीबाट परीक्षा सन्चालन भएको होे ।
परीक्षा केन्द्र आसपासका होटल तथा घरहरुसमेत भत्किएपछि परीक्षार्थीहरुलाई बस्नका लागि अस्थाइ टहरो बनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्