१९ चैत्र २०८१, मंगलबार | Wed Apr 2 2025


महाधिवेशनमा होमिन नेता–कार्यकर्तालाई गच्छदारको निर्देशन


0
Shares

चितवन, चैत १८ । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष एवं उपप्रधानमन्त्री विजयकुमार गच्छदारले पार्टीका नेता तथा कार्यकर्ताहरुलाई महाधिवेशनमा जुट्न निर्देशन दिएका छन् ।

विहीबार चितवनमा पार्टीको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले गाउँदेखि जिल्लासम्ममा संगठनलाई बलियो बनाउँदै महाधिवेशनमा होमिन कार्यकर्तालाई निर्देशन दिएका हुन् ।

पार्टीका लागि महाधिवेशन पर्व जस्तै रहेको भन्दै त्यसलाई सफल बनाउन सबै आ–आफ्नोतर्फबाट लाग्नुपर्नेमा उनले जोड दिए ।

फोरम लोकतान्त्रिकको प्रथम महाधिवेशन आउँदो वैशाख २०, २१ र २२ गते विराटनगरमा हुने तय भएको छ ।