
रसुवा, चैत १६ । हिमपहिरोमा पुरिएर लाङटाङमा बेपत्ता भएकामध्ये बुधबार केहीको मानव कंकाल भेटिएको छ ।
लाङटाङ गाउँ विकास समिति वडा नम्बर–९ स्थित लाङटाङ खोला किनारमा मानव कंकाल, हरियो–कालो रंगको जुत्ता र विन्ड फ्रुफ ज्याकेटको टुक्रा फेलापरेको हो ।
उक्त कंकालको डीएनए परीक्षणका लागि हेलिकोप्टरबाट बुधबारै काठमाडौंस्थित शिक्षण अस्पताल महाराजगन्ज पठाइएको छ ।
उक्त मानव कंकाल हिमपहिरोमा परेका व्यक्तिको रहेकोे प्रहरीले पुष्टि गरेको छ ।
वैशाख १२ गते गएको भूकम्पलगत्तै आएको हिमपहिरोबाट लाङटाङमा स्वदेशी र विदेशी गरी २ सय १० जनाको मृत्यु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्