
काठमाडौं, चैत १६ । एमाले स्थायी कमिटी बैठकले प्रधानमन्त्री केपी ओलीको भ्रमणकाक्रममा चीनसँग भएको सम्झौताको स्वागत् गरेको छ ।
प्रधानमन्त्री कार्यालय बालुवाटारमा मंगलबार बसेको बैठकले चीनसँगको सहमतिले भारतमाथिको निरर्भरता घटाउने ठहरसमेत गरेको छ ।
सम्झौतालाई दृढतापूर्वक कार्यान्वयन गर्नसमेत प्रधानमन्त्रीलाई ओलीलाई बैठकले सुझाव दिएको एमाले सचिव योगेश भट्टराईले जानकारी दिए ।
विभागहरुको गठनलगायतका विषयमा छलफल गर्न बुधबार बिहान ८ बजे स्थायी कमिटीको बैठक बोलाइएको छ ।
प्रतिक्रिया दिनुहोस्