१९ चैत्र २०८१, मंगलबार | Wed Apr 2 2025


एप्पलको सहयोग बिनै एफबीआईले पायो सफलता


0
Shares

काठमाडौं, चैत १६ । अमेरिकी संघीय अनुसन्धान ब्युरो एफबीआईले सान बर्नाडिनो काण्डका बन्दुकधारी साइद रिजवान फारुकले प्रयोग गरेको आइफोनका तथ्यांकसम्म कम्पनीको सहयोग बिनै पहुँच प्राप्त गरेको जनाएको छ ।

उक्त मुद्दा अब फिर्ता लिइएको छ । यसअघि एप्पलले खतरनाक नजिर बन्न सक्ने भन्दै अनुसन्धानमा सघाउन नसक्ने बताएको थियो ।

गत डिसेम्बरमा दक्षिणी क्यार्लिफोर्नियामा आफ्नी श्रीमतीसँग मिलेर १४ जनाको हत्या गरेका फारुकले उक्त फोन बोक्ने गरेका थिए । यसअघि अनुसन्धानकर्ताले उक्त फोनको तथ्यांकमा पहुँच उपलब्ध गराउन माग गर्दै एप्पल विरुद्ध मुद्दा दायर गरेका थिए ।

घटनापछि प्रहरीले तीन वटा फोन बरामद गरेको थियो जसमध्ये दुई वटा क्षतिग्रस्त अवस्थामा थिए । तर ठीक अवस्थामा पाइएको एउटा आइफोन पासकोडले लक गरिएको थियो

एफबीआइले उक्त फोनका तथ्यांकमाथी पहुँच उपलब्ध गराउन बाध्य पार्न एप्पल कम्पनीलाई अदालतमा उपस्थित गराएको थियो ।

एप्पलले सरकारी माग अस्विकार गरेको थियो । अमेरिकाले विश्वभरका एप्पलका सामग्रीहरुमा रहेको सुरक्षा कमजोरीबारे जानकारी प्राप्त गरेको बताइएको छ । एप्पलले आफ्नो विश्वसनियता कायम राख्न कमजोरी सुधारको प्रयास गर्ने जनाइएको छ । (एजेन्सी)