२० चैत्र २०८१, बुधबार | Wed Apr 2 2025


दीपकलाई निता र संदीपको साथ


0
Shares

काठमाडौं, चैत १४ । नेपाली म्यूजिक भिडियो निर्माणको क्षेत्रमा क्रियाशिल निर्देशक दीपक श्रेष्ठको अर्को म्यूजिक भिडियो बजारमा ल्याउने तयारी गरेका छन् ।

हालसालै मात्र सुटिङ्ग सकिएको ‘माया गर्छु भन्छौ तिमी’ बोलको म्यूजिक भिडियो प्रदर्शनमा आउने तयारी रहेको छ । यस भिडियोका छायांकन छाँयाकार हरि हुमागाईले गरेका हुन् भने सम्पादन प्रकाश तुलाधरको रहेको छ ।

बरिष्ठ संगीतकार शम्भुजित बास्कोटाको संगीत रहेको यस गीतको रचना भने उन्नती शीला बोहोराको रहेको छ । उक्त म्यूजिक भिडियोमा चर्चित नायिका तथा मोडल निता ढुंगाना रहेको छ भने पुरुष मोडलमा संदीप शाही रहेका छन्

राजधानीको चपली हाईट, पार्क भिलेज, चापागाउँ, नागदह जस्तो मनोरम स्थानमा छायांकन गरिएका छन् । भिडियोलाई चाँडै नै टेलिभिजन च्यानलहरु मार्फत प्रदर्शनमा ल्याउने तयारी भई रहेको निर्देशक दीपक श्रेष्ठले जानकारी दिए ।