
काठमाडौं, चैत १२ । नेकपा क्रान्तिकारी माओवादीको शुक्रबारदेखि राजधानीमा सुरु भएको बैठकमा अध्यक्ष मोहन वैद्य र महासचिव रामबहादुर थापाका फरक–फरक प्रतिवेदन पेश भएका छन् ।
वैद्यले नयाँ जनवादी क्रान्तिको कार्यदिशा तय गरेपछिमात्रै पार्टी पुनःनिर्माणको बाटोमा अघि बढ्नुपर्नेमा जोड दिँदै कार्यपत्र पेश गरेको जनाइएको छ ।
६ पेज लामो प्रतिवेदनमा वैद्यले एमाओवादीसँग तत्काल एकता सम्भव नभएको निचोड निकालेको बुझिएको छ ।
तर, महासचिव थापाले भने पहिलो काम नै माओवादी शक्तिहरुबीचको एकता हुनुपर्ने सुझावसहितको प्रतिवेदन पेश गरेको जनाइएको छ ।
थापाले पहिले पार्टी एकता र त्यसपछिमात्रै पार्टी पुनःनिर्माणको काम अघि बढाउनुपर्ने तर्क गरेको बुझिएको छ ।
दुबै प्रतिवेदनमाथि शनिबारदेखि केन्द्रीय सदस्यहरुले धारणा राख्ने छन् ।
प्रतिक्रिया दिनुहोस्