
वीरगन्ज, चैत १२ । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले संविधान कार्यान्वयनमा देखिएको जटिलता छिट्टै अन्त्य हुने दाबी गरेका छन् ।
व्यापार मेला उद्घाटनका लागि शुक्रबार वीरगन्ज आएका दहालले प्रधानमन्त्री केपी ओली चीनबाट फर्किएलगत्तै मधेसी दलहरुको असन्तुष्टि सम्बोधनको प्रयास गरिने बताए ।
अध्यक्ष दाहालले प्रधानमन्त्री केपी ओलीको चीन भ्रमण उपलब्धिमूलक र सफल भएको पनि बताए ।
दाहाल आउने भएपछि वीरगन्जमा शुक्रबार बिहाननैदेखि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताहरु प्रदर्शनमा उत्रिएका थिए ।
उनीहरुले ठाउँ–ठाउँमा टायर बालेर दाहालको विरोधमा नाराबाजी गरे । त्यसक्रममा प्रहरीले मोर्चाका १० जना कार्यकर्तालाई नियन्त्रणमा लिएको थियो ।
प्रतिक्रिया दिनुहोस्