१९ चैत्र २०८१, मंगलबार | Wed Apr 2 2025


राजधानीमा काव्य विमर्श


0
Shares

काठमाडौं, चैत १२ । नेपाल प्रज्ञा प्रतिष्ठानको ५८औं वार्षिकोत्सवको सन्र्दभ पारेर शुक्रबार राजधानीमा ‘समकालीन नेपाली कवितामा राजनीतिक चेतना’ विषयमा काव्य विमर्श कार्यक्रम गरिएको छ ।

प्रज्ञा प्रतिष्ठानले वाषिकोत्सवकै अवसरमा समकालीन नेपाली कवितामा राजनीतिक चेतना विषयक राष्ट्रिय कविता महोत्सव गर्दैछ ।

कविता महोत्सवका लागि छनोट गरिएको विषयमा शुक्रबार साहित्यकारहरुबीच छलफल भएको हो ।

कार्यक्रममा प्राध्यापक डा. मधुसुदन गिरीले कार्यपत्र पेश गरेका थिए ।