
काठमाडौं, चैत ९। बेल्जियमको राजधानी ब्रसेल्सस्थित जाभिन्टेम विमानस्थल र मेट्रो रेलसेवामा आत्मघाती विस्फोट हुँदा कम्तिमा ३३ जनाको मृत्यु भएको छ ।
घटनामा थुप्रै मानिस घाइते भएका छन् ।
सुरुमा विमानस्थलको प्रस्थान कक्षमा दुईओटा विस्फोट भएको थियो । त्यहाँ १४ जनाको मृत्यु भएको हो ।
विस्फोटपछि विमानस्थल खाली गरेर बन्द गराइएकोमा केही घन्टापछि खुलेको छ । विमानस्थलमा भएको विस्फोटको करिब एक घन्टापछि मेट्रो रेलसेवामा गराइएको विस्फोटमा कम्तिमा २० जनाको मृत्यु भएको छ ।
विस्फोटलगत्तै अर्को सूचना जारी नभएसम्म रेल सेव बन्द गरिएको छ । विस्फोटपछि ब्रसेल्सको मेट्रो रेलसेवा पनि अवरुद्ध भएको छ ।
पेरिस आक्रमणका मुख्य आरोपी सलाह अब्देस्लाम ब्रसेल्समा पक्राउ परेको चार दिनपछि यी विस्फोट भएका हुन् ।
बेल्जियमले अहिले आतंकको खतरालाई उच्च तहमा राखेर सर्तकता अपनाएको बताइएको छ । (एजेन्सी)
भिडियो हेर्नुहोस्ः
प्रतिक्रिया दिनुहोस्