६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


होली रे ! होली हे होली ! (भिडियोसहित)


0
Shares

प्रज्ञा तिमल्सिना/भरत केसी
काठमाडौं, चैत ९ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावको सन्देश बोकेको फागुपर्व विभिन्न रंग र लोला खेली मनाइँदै छ ।

मंगलबार राजधानीसहित पहाडी भेगमा र तराईमा बुधबार गरी दुई दिन होली मनाइँदै छ ।

असत्यमाथि सत्यको जितकोरुपमा मनाइने यो पर्व आफैंमा महान् छ भने यसले सधैं मेलमिलापको सन्देश दिइरहेको हुन्छ ।

रिस–राग सबै बिर्सिएर एकै रंगमा बाँधिने चाड हो होली । जसलाई हामी मेलमिलापको चाड पनि भन्दछौं । रंग आफैंमा पवित्र छ र त्यही पवित्रतालाइ एकाआपसमा लगाएर रमाइलो बाँड्ने गरिन्छ ।

आसुरी शक्तिमाथि ईश्वरी शक्तिको विजय र असत्य र क्रूरतामाथि सत्यको जित भएको खुसियालीमा होली पर्व मनाउने गरिएको हो ।

फागुन पूर्णिमाको आगमनको संकेतस्वरुप हप्तादिन अगाडि काठमाडौंको हनुमानढोका दरबार क्षेत्रमा विधिपूर्वक चीर गाडिन्छ । यसपछि उपत्यकामा होली सुरु भएको मानिन्छ । एक रिपोर्ट (भिडियो हेर्नुहोस्) ।