२० चैत्र २०८१, बुधबार | Wed Apr 2 2025


रेखा थापा भन्छिनः ‘म पीडितहरुको आँशु पुछ्न चाहन्छु’


0
Shares

काठमाडौं, चैत ९ । नायिक रेखा थापाले दर्जनौं चलचित्रमा अभिनय गरिन । तर नायिका र निर्मात्री तथा निर्देशकका रुपमा भने सिमित चलचित्रमा देखिएकी छिन् ।

‘काली’, ‘हिम्मतवाली’ देखि ‘रामप्यारी’ जस्ता चलचित्रहरु उनकै लगानीमा निर्माण भएका छन् ।

यी सबै चलचित्रमा उनको अभिनयमा संघर्षशील नारी पात्रका रुपमा देख्न पाइन्छ । ‘म चलचित्रमा देखिएजस्तै संघर्षशील नारी हुँ, तर सफलताको लेखाजोखा गरिरहने फूर्सत छैन,’उनले भनिन, ‘म यतिबेला सफलताको पहिलो खुडकिलोमा छु ।’

इमेज च्यानलको ‘चलचित्र’ कार्यक्रममा अन्तरवार्ताका क्रममा उनले सानो उमेरदेखि प्रतिकार गर्ने स्वाभाव र संघर्षमा रमाउने खालको स्वाभावकी भएकाले सफलतालाई खासै महत्व नदिएको बताइन । ‘मेरो सफलता अरुले मूल्याकंन गरिदिने हो’, उनले भनिन–‘जीवनमा सहज रुपमा मैले केही पाउन सकेकी छैन, चुनौती नै चुनौती पार गरेर आइरहेकी छु ।’

रेखा फिल्म्स प्रालीले निर्माण गरेको पछिल्लो चलचित्र ‘रामप्यारी’मा ट्याम्पो चालकको रुपमा देखिएकी रेखा संघर्षशील महिलाकै रुपमा आएकी छन् । ‘रामप्यारीमा मजदुरको आवाजलाई उठाउने प्रयास गरकी छु’, उनले भनिन, ‘पाइलटलाई अर्कै दृष्टिले हेर्ने अनि ट्याम्पो चालकलाई किन होच्याउने ?’ मेरो अभिनय मजदुरहरुका पक्षमा रहेको उनले प्रष्ट पारिन ।

रेखाले नारीहरुको प्रतिस्पर्धा पुरुषसँग नभएर आफ्नै अस्तित्वको लडाईमा रहेको बताइन । उनले चलचित्रकै माध्यमबाट नारीहरुको आवाज उठाइरहेको जानकारी दिइन । प्रदर्शनको तयारीमा रहेको रामप्यारीले दुःख, पीडा र पिछडीएका नारीहरुलाई उर्जा दिने बताइन । उनले भनिन, ‘मेरो चलचित्रले पीडितहरुको आँशु पुछ्ने काम गर्छ ।’