१९ चैत्र २०८१, मंगलबार | Wed Apr 2 2025


धरौटीमा छुटेका ल्हारक्याल लामा फेरि समातिए


0
Shares

काठमाडौं, चैत ८ । अवैधरुपमा गोली राखेको आरोपमा पक्राउ परी धरौटीमा छुटेका निलम्बित सांसद ल्हारक्याल लामालाई प्रहरीले वैदेशिक रोजगारीको ठगी प्रकरणमा सोमबार पुनः पक्राउ गरेको छ ।

वैदेशिक रोजगार विभागमा परेको पुरानो उजुरीमा छानबिन गर्न लामालाई पक्राउ गरिएको विभागका प्रवक्ता जनक रेग्मीले जानकारी दिए ।

लामाले गरेको ठगीका सम्बन्धमा बुधबारबाट छानबिन सुरु गरिने र सो अवधिमा लामा प्रहरीको नियन्त्रणमा रहने प्रवक्ता रेग्मीले बताए ।

अकुत सम्पत्ति आर्जन गरेकोे आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिनका लागि लामाको दरबारमार्गस्थित इन्भेस्टमेन्ट बैंकको लकरमा फागुन ३० गते जाँचगर्दा १४ राउन्ड गोली बरामद गरेको थियो । रासस

फाइल फोटो