२० चैत्र २०८१, बुधबार | Thu Apr 3 2025


अन्तर्राष्ट्रिय व्यापार मेला सम्पन्न, करिब डेढ लाखबाट अवलोकन


0
Shares

काठमाडौं, चैत ८ । नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला सोमबार उत्साहनजकरुपमा सम्पन्न भएको छ ।

अर्को वर्षको फागुन २४ देखि २८ गते मेलाको तिथि घोषणा गर्दै नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला–२०७२ सोमबार सम्पन्न भएको हो ।

मेलाको डेढ लाख बराबरले अवलोकन गरेको आयोजक नेपाल उद्योग वाणिज्य महासंघले जानकारी गराएको छ ।

महासंघले नेपाल सरकार/वाणिज्य मन्त्रालय, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहयोगमा क्यालेन्डर इभेन्टकोरुपमा मेला आयोजना गर्दै आएको छ । यसपटकको मेला पाँचौै संस्करण हो ।

मेलामा प्रत्यक्षरुपमा करिव १० करोडको कारोबार भएको अनुमान गरिएको महासंघले जनाएको छ ।

खासगरी चीन तथा भारतका कम्पनीहरुले नेपालमा व्यवसायिक सम्बन्ध स्थापना गरेको महासंघको विश्वास छ ।

मेलामा नेपाल एकीकृत व्यापार रणनीतिअन्तर्गत्का उत्पादनहरु र नेपाली जडिबुटीका स्टलहरुमा भ्रमण गर्नेहरुको संख्या अत्याधिक रहेको जनाइएको छ ।

मेलाको राष्ट्रपति, मन्त्री, सभासद, नेपाल सरकारका उच्चपदस्थ अधिकारी लगायतले महत्वका साथ अवलोकन गरेको जनाइएको छ ।