
काठमाडौं, चैत ८ । राष्ट्रिय व्यवसायिक पहल (एनबीआइ)ले देशमा उद्योगी–व्यवसायीलाई लक्षित गरी बढ्दै गएको राज्य आतंक र द्रुतगतिमा संस्थागत हुँदै गइरहेको कालोबजारीकाविरुद्ध सशक्त पहल गर्ने भएको छ ।
एनबीआइको हालै सम्पन्न नवौं साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो ।
जिम्मेवार आर्थिक विकासको माध्यमबाट शान्त र समृद्ध नेपालको निर्माण गर्ने दूरदृष्टिकासाथ द्वन्द्वकालीन परिस्थितिमा सन् २००५ मा पहलको स्थापना भएको थियो ।
आर्थिक नाकाबन्दीपश्चात् अकल्पनीय ढंगले कालोबजारी मौलाएको र राज्यले त्यस्ता व्यक्तिहरुलाई कारबाही गर्नुको सट्टा झन् प्रोत्साहन गरेको र स्वच्छ एवं पारदर्शी व्यवसाय गर्ने उद्योग–व्यवसायहरु भने मारमा परेको पहलले जनाएको छ ।
पहलले यसकाविरुद्ध सशक्त कार्यक्रमहरु ल्याएर उद्योगी–व्यवसायीहरुलाई टेवा दिने पहलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्