२० चैत्र २०८१, बुधबार | Thu Apr 3 2025


शेयर बजार सामान्य अंकले ऋणात्मक


0
Shares

काठमाडौं, चैत ८ । पछिल्ला दिन उच्चदरले उकालो लाग्दै आएको शेयर बजारमा सोमबार सामान्य अंकले गिरावट आयो । कारोबार भने यसदिन पनि उच्च झन्डै अर्ब बराबर नै भयो ।

बजार परिसूचक नेप्से २ अंक बराबरले ओरालो लागेर १३ सय ४२ कायम भयो । बीमा, जलविद्युत् र अन्य समूह ओरालो लागेसँगै अरु कारोबार भएका सबै समूह हरियो रहँदा पनि नेप्से ऋणात्मक रहन गएको हो ।

बीमा समूहमा सबैभन्दा उच्च २७ अंकको गिरावट आयो । जलविद्युत् समूह पनि २० अंकले झर्यो । होटल समूह १० अंकले उकालो लाग्यो । विकास बैंक, वित्त र वाणिज्य बैंक समूह भने सामान्य अंकले धनात्मक रहेका हुन् ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय २७ कम्पनीको १९ लाख ३२ हजार कित्ता शेयर ९७ करोड बढीमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।