
काठमाडौं, चैत ८ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणले दुई देशबीचको सम्बन्धमा नयाँ आयाम थप्ने विश्वास विभिन्न क्षेत्रका व्यक्तिहरुले लिएका छन् ।
सोमबार राजधानीमा भएको कार्यक्रममा अर्थविद् प्राध्यापक डा. विश्वम्भर प्याकुर्यालले चीनसँग इन्धन सम्झौता नहुँदैमा भ्रमणबारे नकारात्मक टिप्पणी गर्नुको अर्थ नहुने बताए ।
यस्तै, परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले ‘चीनसँग खुला व्यापार र पारवाहन सम्झौता हुनु महत्वपूर्ण हो’ भन्दै पेट्रोलियम पदार्थको अन्वेषणमा चीनको सहयोग अर्को महत्वपूर्ण पक्ष भएको बताए ।
चीनका लागि पूर्वराजदूत टंक कार्कीले गृहकार्य नपुगेकाले इन्धन सम्झौता हुन नसकेको बताए ।
प्रतिक्रिया दिनुहोस्