
बर्दिया, चैत ८ । नेपाल भ्रमणमा रहेका बेलायती राजकुमार हेनरी चार्ल्स अल्बर्ट डेभिड ‘ह्यारी’ ले सोमबार बिहान बर्दिया राष्ट्रिय निकुञ्जको अवलोकन गरेका छन् ।
राजकुमार ह्यारीले निकुञ्जको बीच हुँदै बगेको खौरिया नदीमा झन्डै ४० मिनेट जलयात्रा गरेका छन् । निकुञ्जको गैँडामोचन पोस्टबाट सुरु भएको जलयात्रा बघौरा फाँटमा पुगेर टुङ्गिएको थियो ।
प्रकृति, पर्यावरण, हिमाल र वन्यजन्तुप्रति विशेष चासो राख्ने राजकुमार ह्यारीले बर्दिया राष्ट्रिय निकुञ्जको अवलोकनका बेलामा निकुञ्जका विविध पक्षका बारेमा जानकारी लिए ।
झन्डै हजार वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको निकुञ्जमा मुख्यतः हात्ती, गैँडा, बाघ र २५० प्रजातिका चराचुरुङ्गी पाइन्छन् ।
विश्ववन्य जन्तु कोषले सो निकुञ्ज संरक्षणका लागि आर्थिक एवम् प्राविधिक सहयोग पुबर्दिया निकुञ्जमा बेलायती राजकुमार ह्यारीको जलयात्रायाउँदै आएको छ । यहाँका वन्यजन्तु हेर्न हरेक वर्ष करिब दश हजार विदेशी पर्यटक आउने गर्दछन् ।
ह्यारीले सोमबार र मंगलबार बर्दिया, लमजुङ, पोखरामा समय बिताउनेछन् । (रासस)
प्रतिक्रिया दिनुहोस्