१९ चैत्र २०८१, मंगलबार | Wed Apr 2 2025


दुर्गम क्षेत्रहरुमा इन्टरनेट सेवा पुर्‍याउन नेवि संघको माग


0
Shares

काठमाडौं, चैत ८ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले देशका दूर्गम क्षेत्रहरुमा पनि इन्टरनेटको सुविधा पुर्‍याउन माग गरेको छ ।

काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संघले सरकारी स्वामित्वको इन्टरनेट सेवा प्रदायक संस्था नेपाल टेलिकमसँग ठूलो रकम हुँदाहुँदै पनि सेवा विस्तारमा ध्यान नदिएको आरोप लगाएको हो ।

ढुकुटीमा पैसा जम्मा हुँदै जाने तर आमजनताले प्रविधिमा पहुँच नपाउने अवस्थाप्रति नेविसंघले आपत्ति जनाएको हो ।

यसैगरी नेविसंघले सर्वसुलभ ढंगबाट विद्यार्थीलाई इन्टरनेटको पहुँचको व्यवस्था मिलाउन पनि माग गरेको छ ।