१९ चैत्र २०८१, मंगलबार | Wed Apr 2 2025


बोक्सीको आरोपमा आफ्नै बुहारीलाई मलमुत्र खुवाइयो


0
Shares

-केदार कटुवाल/ईमेज

उदयपुर, चैत्र ८ । बोक्सीको आरोपमा यहाँ एक महिलालाई मानव मलमुत्र खुवाइएको छ ।

उदयपुर जिल्लाको सुन्दरपुर गाउँ विकास समिति वार्ड नं. ५ बस्ने ४९ वर्षीया सवरी देवी सदा (मुसहर) लाई आफ्नै बुहारीलाई बोक्सी लागेको आरोपमा मानव मलमुत्र खुवाइएको हो ।

शौचालयमा आफैले सौच गरी दाउरामा ल्याई दिसा खुवाउने सोही ठाउका देवका सदा(मुसहर) लाई प्रहरीले पक्राउ गरेको छ, भने अर्को अभियुक्त संजय सदा(मुसहर) भने फरार छन् ।

ति दुबैलाई सोमबार नै बोक्सीको आरोप कसुर र सजाय २०७२ बमोजिम मुद्दा दर्ता गरिएको इलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ ।