२० चैत्र २०८१, बुधबार | Wed Apr 2 2025


भारतसँग पाकिस्तान पराजित, युवराज र विराट कोहली चम्किए


0
Shares

काठमाडौं, चैत ७ । विश्वकप ट्वेन्टी ट्वेन्टी क्रिकेट प्रतियोगिता अन्तर्गत गएराति भएको खेलमा भारतले पाकिस्तानलाई ६ विकेटले हराएको छ ।

वर्षाको कारण १८ ओभरमा घटाइएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ५ विकेट गुमाउँदै १ सय १८ रन बनायो ।

पाकिस्तानका लागि सोहेब मल्लिकले २६ रन बनाए भने उमर अकमलले २२ रन जोडे । जवाफमा १ सय १९ रनको झिनो चुनौती भारतले खेलमा १३ बल बाँकी छँदा पूरा गर्‍यो ।

भारतको जितमा युवराज सिंह र विराट कोहलीको ६१ रनको साझेदारी महत्वपूर्ण रह्यो । कोहलीले अविजित ५५ रन जोड्दा युवराज सिंहले २४ रन बनाए । पाकिस्तानका मोहम्मद सामीले २ विकेट लिए ।

योसँगै भारतले आफ्नै देशमा भइरहेको विश्वकप ट्वेन्टी ट्वेन्टी क्रिकेटमा पहिलो जित हात पारेको छ भने पाकिस्तानले पहिलो हार भोगेको छ ।

यसअघि पहिलो खेलमा भारतलाई न्यूजिल्याण्डले हराएको थियो भने पाकिस्तानले बंगलादेशलाई पाखा लगाएको थियो ।

विश्वकप ट्वेन्टी ट्वेन्टी क्रिकेटमा आज दुई खेल हुनेछन् । पहिलो खेलमा अफ्गानिस्तान र दक्षिण अफ्रिका भिड्दा दोस्रो खेलमा श्रीलंकाले वेष्ट इंडीजसँग खेल्नेछन ।