१९ चैत्र २०८१, मंगलबार | Wed Apr 2 2025


इस्तानबुलमा आत्मघाती बम आक्रमण


0
Shares

काठमाडौं, चैत ६ । टर्कीको इस्तानबुलस्थित व्यस्त किनमेल क्षेत्रमा शनिबार गराइएको आत्मघाती बम आक्रमणमा परी कम्तिमा चारजनाको मृत्यु भएको छ ।

आक्रमणमा घाइते भएका ३६ मध्ये तीनजनाको अवस्था गम्भीर रहेको छ ।

गत हप्तामात्र राजधानी अंकारामा कुर्दिस लडाकू समूहले गरेको आक्रमणमा ३७ जनाको मृत्यु भएको थियो ।

टर्की इस्लामिक अतिवादी समूह ‘आइएस’विरुद्धको अन्तर्राष्ट्रिय गठबन्धनको सदस्य राष्ट्र हो ।

पछिल्लो समय टर्कीमा आतंककारी समूहले सर्वसाधारणलाई आक्रमणको निशाना बनाउँदै आएका छन् । (एजेन्सी)