१९ चैत्र २०८१, मंगलबार | Wed Apr 2 2025


राष्ट्रसंघद्धारा उत्तर कोरियाको मिसाइल परीक्षणको कडा निन्दा


0
Shares

काठमाडौं, चैत ६ । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको बैठकले उत्तर कोरियाले हालै गरेको ब्यालेस्टिक मिसाइल परीक्षणलाई अस्वीकार्य भन्दै कडा निन्दा गरेको छ ।

उत्तरको मुख्य सहयोगी चीनसमेतको सहमतिमा बैठकले परीक्षणबाट सुरक्षा परिषदको प्रस्तावनाको स्पस्ट उल्लंघन भएको एकमतले ठहर गरेको हो ।

बैठकले सुरक्षा परिषदको प्रस्तावना उल्लंघन हुनबाट रोक्न आगामी दिनमा उत्तरलाई यस्ता गतिविधि रोक्न आदेश दिएको छ ।

रकेट परीक्षणको श्रृंखलाकोरुपमा उत्तर कोरियाले मध्यमदूरीका दुईओटा ब्यालेस्टिक मिसायल परीक्षण गरेको केही दिनपछि सुरक्षा परिषदको बैठकले यस्तो निर्णय गरेको हो ।

दुई हप्ताअघिमात्र सुरक्षा परिषदले उत्तर कोरियामाथि अहिलेसम्मकै कडा प्रतिबन्ध लगाएको थियो । (एजेन्सी)