१९ चैत्र २०८१, मंगलबार | Wed Apr 2 2025


छोराले गरे आफ्नै बुबा र माइलोबुबाको हत्या


0
Shares

लमजुङ, चैत ६ । छोराको अन्धाधुन्दा प्रहारबाट लमजुङ बाँझेखेत गाविस–१, खासुरका ७६ वर्षीय मीनबहादुर घले र माइलोबुबा ८४ वर्षीय धनबहादुर घलेको मृत्यु भएको छ ।

३६ वर्षीय तीर्थबहादुर घलेले दाउराको चिर्पटले अन्धाधुन्दा प्रहार गरी हत्या गरेका जनाइएको छ ।

आमासहित दुईजना घाइते भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी नायब उपरीक्षक शम्भुप्रसाद ढकालले जानकारी दिए ।

शुक्रबार साँझ तीर्थबहादुरले बुबाआमामाथि प्रहार गरेका थिए । छोराको प्रहारबाट घाइते भएका बुबा मीनबहादुर र माइलोबुबा धनबहादुरलाई उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर पुर्‍याइएको थियो ।

अस्पतालले उपचार हुन नसक्ने भन्दै फिर्ता पठाएपछि बेसीसहरतर्फ ल्याउँदै गर्दा शनिबार बिहान बाटोमा दाजुभाइको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आमासहित दुईजनाको लमजुङ हिमचुलीको सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।