
भीमदत्तनगर, चैत ६ । कञ्चनपुरको बेदकोट नगरपालिका–१ दैजीका ५० वर्षीय विष्णु भट्टको शुक्रबार राति अज्ञात समूहले हत्या गरी पूर्वपश्चिम राजमार्गमा फालेको अवस्थामा भेटिएको छ ।
माओवादीका पूर्वलडाकुसमेत रहेका भट्टलाई हत्या गरी चलाखीपूर्ण ढङ्गले राजमार्गमा ल्याएर छाडिएको प्रारम्भिक अनुसन्धानमा देखिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक केदार खनालले जानकारी दिए ।
‘शरीरभरि निलडाम छ’ घटनास्थलबाट प्रवक्ता खनालले भने– ‘हत्या गरी राजमार्गमा ल्याएर राखेको जस्तो देखिन्छ ।’ खनालले भट्टको सवारी दुर्घटनामा मृत्यु भएको देखाउन राजमार्गमा शव राखिएको हुन सक्ने अनुमान गरे ।
घटनाबारे अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक तुलसीप्रसाद अधिकारी सहितको प्रहरी टोली घटनास्थल पुगेको छ । रासस
प्रतिक्रिया दिनुहोस्