१९ चैत्र २०८१, मंगलबार | Wed Apr 2 2025


रसियामा विमान दुर्घटना, चालक दलका सदस्यसहित ६१ जनाको मृत्यु


0
Shares

काठमाडौं, चैत ६ । रसियामा फ्लाई दुबईको विमान दुर्घटना भएको छ । दुर्घटनामा चालक दलका सदस्यसहित सबै ६१ जनाको मृत्यु भएको छ ।

दुबईबाट रसियाका लागि उडेको एफजेड ९८१ फ्लाइट नम्बरको फ्लाई दुबईको बोइङ ७३८–८०० विमान आज विहान दक्षिणी रसियाको रास्तोव अन–दनमा अवतरणका क्रममा दुर्घटना हुँदा चालक दलका सदस्यसहित ६१ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

विमान अवतरणका क्रममा कमजोर भिजिबिलिटीका कारण धावन मार्गमा दुर्घटना भएको हो । जेट विमानमा चालक दलका ६ सदस्य र ५५ जना यात्रु रहेको रसियाको क्षेत्रीय आपकालीन मन्त्रालयले पुष्टि गरेको छ । (एजेन्सी)