
काठमाडौं, चैत ५ । शुक्रबार सुनको मूल्य स्थीर रह्यो भने चाँदीको बृद्धि भयो ।
अन्तर्राष्ट्रिय बजार पच्छ्याँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलाको ५५ हजार ८ सय रुपैयाँमा स्थीर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदीको भाउ भने तोलामा १५ रुपैयाँले उकालो लागेर ७ सय ४५ मा पुग्यो । अघिल्लो दिन ५ रुपैयाँले बढेर ७ सय ३० रुपैययाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा शुक्रबार साँझसम्म सुन प्रतिऔंस १२ सय ५३ डलर हाराहारीमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्