
रत्नप्रसाद आचार्य
सुनसरी, चैत ५ । सुनसरीको इटहरीमा यौनधन्दा चलाउँदै आएका दुई होटल सन्चालक र यौनधन्दामा संलग्न ६ युवतीहरुलाई प्रहरीले पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको छ ।
पक्राउपर्नेमा इटहरीको ब्लुस्टार होटलका सन्चालक बद्री थापा र श्रेष्ठ होटलका सन्चालक ओम श्रेष्ठ रहेका छन् ।
यस्तै, पक्राउ परेका युवतीहरु १८ वर्षदेखि २५ वर्ष उमेर समूहका रहेको प्रहरीले जनाएको छ ।
उनीहरुविरुद्ध सुनसरी जिल्ला अदालतबाट अनुसन्धानका लागि म्याद थपको अनुमति लिइएको छ ।
प्रतिक्रिया दिनुहोस्