
काठमाडौं, चैत ५ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले एमाओवादी सांसद ल्यारक्याल लामालाई थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
प्रहरीले लामालाई शुक्रबार प्रशासनमा उपस्थित गराएपछि थप तीन दिन म्याद दिइएको हो । लामालाई गत फागुन ३० गते पक्राउ गरिएको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनकाक्रममा दरबार्गमार्गस्थित नेपाल इन्भेस्टमेन्ट बैंकमा रहेको लामाको लकरमा १४ थान गोली भेटिएपछि उनलाई प्रहरीको जिम्मा लगाइएको थियो ।
अख्तियारले अकुत सम्पत्ति आर्जन गरेको आरोपमा उनिमाथि छानबिन गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्