६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


प्रधानमन्त्रीको चीन भ्रमणमा के–के हुँदैछ सम्झौता ? (भिडियो रिपोर्ट)


0
Shares

सरस्वती कर्माचार्य/दिलिप पोखरेल/मिलन भण्डारी

काठमाडौं, चैत ४ । प्रधानमन्त्री केपी शर्मा ओलीको आइतबारदेखि हुने चीन भ्रमण कूटनीतिक वृत्तमामात्रै होइन, सर्वसाधारणमा पनि निकै चर्चाको विषय बनेको छ ।

संविधान जारी भएकोमा असन्तुष्ट भारतले अघोषित नाकाबन्दी गरेपछि पेट्रोलियम पदार्थ र ग्यास अभावका कारण सर्वसाधारणलेसमेत चरम दुःख भोग्नुपरेको छ ।

प्रधानमन्त्रीको भारत भ्रमणपछि सम्बन्धमा सुधार आएर पेट्रोलिम पदार्थको आपूर्ति सहज भएपनि आमरुपमा पेट्रोल, डिजेल र ग्यास पाउन सकिएको छैन ।

भारतीय नाकाबन्दीले चोट पुर्याएको बेलामा चीनले अनुदानमा पट्रोल पठाएर केही हदसम्म भएपनि त्यो चोटमाथि मल्हम लगाएको थियो ।

अहिले प्रधानमन्त्रीको चीन भ्रमणलाई पनि इन्धन व्यापार सम्झौतासँग जोडेर हेरिएको छ ।

यद्यपि, चीन भ्रमणका लागि तयार पारिएका पाँचओटा मुख्य सम्झौताहरुमा भने इन्धन खरीदको सम्झौता भने छैन । एक रिपोर्ट (भिडियो हेर्नुहोस्) ।