२० चैत्र २०८१, बुधबार | Wed Apr 2 2025


सशस्त्र प्रहरीले चैत १५ देखि विभिन्न खेलकुद आयोजना गर्दै


0
Shares

काठमाडौं, चैत ४ । सशस्त्र प्रहरी बलले यही चैत १५ गतेदेखि काठमाडौंमा विभिन्न खेलकुद प्रतियोगिता आयोजना गर्ने भएको छ ।

सशस्त्र प्रहरी बलको मुख्यालय हलचोकमा विहीबार आयोजित पत्रकार सम्मेलनमा बलका खेलकुद विभाग प्रमुख अतिरिक्त प्र्रहरी महानिरिक्षक सिंहबहादुर श्रेष्ठले आसन्न भलिबल, ब्याडमिन्टन र लनटेनिस प्रतियोगिताबारे जानकारी दिएका हुन् ।

सशस्त्रले यही चैत १५ देखि १९ गतेसम्म सशस्त्र प्रहरी महानिरीक्षक तेस्रो राष्ट्रिय महिला भलिबल प्रतियागिता आयोजना गर्न लागेको हो ।

यसैगरी, चैत २१ गतेदेखि १२औं राष्ट्रव्यापी कृष्णमोहन स्मृति ब्याडमिन्टन प्रतियोगिता आयोजना हुँदैछ । यसपटक ब्याडमिन्टनतर्फ विभिन्न ११ विधामा खेलहरु सन्चालन हुनेछन् ।

यसैगरी, चैत २१ गतेदेखि नै आठौं सहवीर स्मृति खुल्ला लनटेनिस प्रतियोगिता आयोजना हुने बताइएको छ । लनटेनिस प्रतियोगितामा १४ स्पर्धा समावेश गरिएको छ ।

यी तीनओटा प्रतियागिता आयोजना गर्न झन्डै १८ लाख ७३ हजार रुपैयाँ खर्च लाग्ने सशस्त्र प्रहरी बलले जनाएको छ ।