
काठमाडौं, चैत ४ । बार्सिलोना र बायर्न म्युनिख युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको क्वाटरफाईनलमा प्रवेश गरेका छन् ।
बुधबार राती भएका प्रि क्वाटरफाईनल दोस्रो लेगका खेलहरुमा सहज जित हात पार्दै यी दुई टोलीले अन्तिम आठमा ठाँउ बनाएका हुन् ।
खेलमा स्पेनको बार्सीलोनाले इंग्लण्डको आर्सनललाई ३-१ ले हरायो । बार्साको लागि नेईमार, लुईस सुवारेज र लियोनल मेस्सीले एक एक गोल गरे ।
आर्सनलका मोहामद एल्नेनेले एक गोल फर्काए । यसअघि पहिलो लेगको खेलमा २-० ले पराजित आर्सनल समग्रमा भने ५-१ को पराजय भोग्दै प्रतियोगिताबाट बाहिरिएको छ ।
बुधबार राती भएको अर्को खेलमा ईटालीको युभेन्टसलाई ४-२ ले हराँउदै जर्मनीको बायर्न म्युनिख पनि क्वाटरफाईनलमा पुगेको छ ।
बुधबार राती भएका प्रि क्वाटरफाईनल खेलहरुपछि युरोपियन च्याम्पियन्स लिग फुटबलको क्वाटरफाईनलमा पुग्ने ८ टोलीको टुंगो लागेको छ ।
यसपटक स्पेनका तीन टोली बार्सीलोना, रियाल मड्रिड र एथ्लेटिको मड्रिड क्वाटरफाईनलमा पुगेका छन् भने जर्मनीका दुई टोली बायर्न म्युनिख र उल्फवर्गले अन्तिम आठमा ठाँउ बनाएका छन् ।
यसैगरी फ्रान्सको पेरीस सेन्ट जर्मेन, पिएसजी, इंग्लण्डको म्यान्चेस्टर सिटी र पोर्चुगलको बेनीफीका पनि क्वाटरफाईनलमा पुगेका छन् ।
प्रतिक्रिया दिनुहोस्