
काठमाडौं, चैत ३ । भारतमा जारी विश्वकप ट्वेन्टी–२० क्रिकेटको ‘सुपर टेन’मा पाकिस्तानले शानदार सुरुआत गरेको छ ।
पाकिस्तानले छिमेकी प्रतिद्धन्द्धी बंगलादेशलाई ५५ रनले पराजित गर्यो ।
बुधबार कोलकातामा भएको खेल विजयका लागि बंगलादेशले २०२ रनको चुनौती पछ्याउनेक्रममा ६ विकेटको क्षतिमा १४६ रनमात्र बनाउन सक्यो ।
सकिब अल हसनले ४० बलमा अविजित रहँदै ५० रन जोडेपनि अन्य खेलाडीले साथ नदिँदै पाकिस्तान सजिलै विजयी भयो ।
पाकिस्तानका लागि कप्तान शाहिद अफ्रिदी र मोहम्मद अमिरले समान २ विकेट लिए ।
यसअघि, खेलमा पाकिस्तानले टस जितेर पहिले ब्याटिङ गर्नेक्रममा ५ विकेटको क्षतिमा २०१ रन बनायो ।
मोहम्मद हाफिजले ४२ बलमा ६४, अहमद शेजादले ३९ बलमा ५२ तथा अफिद्रीले १९ बलमा ४९ रन जोडे ।
बंगलादेशका तस्किन अहमद र अराफात सनीले समान दुई विकेट लिए । अफ्रिदी ‘म्यान अफ द म्याच’ घोषित भए ।
प्रतिक्रिया दिनुहोस्