
पाँचथर, चैत ३ । पाँचथरमा निमार्णधीन हेवाखोला ‘ए’ जलविद्युत् आयोजनाविरुद्ध आन्दोलनमा उत्रिएका पाँचजनालाई प्रहरीले बुधबार पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पाँचथरबाट गएको प्रहरी टोलीले पाँचथर, भारपा–४ का महेश अधिकारी, महेन्द्र हाङसुरुम्बा, रणकुमार हाङसुरुम्वा, टेकबहादुर हाङसुरुम्बा र रंगीन हाङसुरुम्बालाई पक्राउ गरेको हो ।
आयोजना निर्माणकाक्रममा स्थानीय ल्ङनाम र नाङगिन गाविस जोड्ने झोलुंगे पुलमा क्षति पुगेको भन्दै उनीहरु विरोधमा उत्रिएपछि प्रहरीले पक्राउ गरेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्