
विराटनगर, चैत ३ । कृषिमन्त्री हरिबोल गजुरेलले कृषि क्षेत्रको व्यवसायीकरणका लागि सरकारले विशेष योजना ल्याउन लागेको बताएका छन् ।
क्षेत्रीय कृषि निर्देशनालय विराटनगरले बुधबार आयोजना गरेको चालु आर्थिक वर्षको कार्यक्रम तथा योजना तर्जुमा गोष्ठीमा उनले कृषिमा यान्त्रिकरण भित्र्याउने बताए ।
कृषि क्षेत्रको व्यवसायीकरणलाई निरन्तरता दिन कृषकलाई पेन्सनको व्यवस्था गर्ने मन्त्री गजुरेलको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस्