१९ चैत्र २०८१, मंगलबार | Wed Apr 2 2025


‘पूँजीगत ७० अर्ब र वैदेशिक सहायताको ९० अर्ब अझै खर्च हुन सकेन’


0
Shares

काठमाडौं, चैत ३ । व्यवस्थापिका–संसदको अर्थ समितिमा सांसदहरुले आर्थिक वर्ष सकिने बेलासम्ममा पनि पूँजीगत खर्चको रकम प्रयोग हुन नसकेको भन्दै यसले विकासकार्य नै प्रभावित हुनसक्ने चिन्ता व्यक्त गरेका छन् ।

बुधबार सिंहदरबारमा बसेको समितिको बैठकमा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले पर्याप्त रकम हुँदाहुँदै पनि त्यसको खर्च गर्न नसक्नुमा सरकारी कार्यशैली नै जिम्मेवार रहेको बताए ।

यो वर्ष पूँजीगत खर्चकोरुपमा छुट्याइएको ७० अर्ब रुपैयाँ र वैदेशिक सहायताको ९० अर्ब रुपैयाँ अहिलेसम्म खर्च हुन नसकेको पाण्डेले बताए ।

बैठकमा सांसदहरुले विनियोजित रकमलाई समयमै आयोजनाहरुमा पठाउने, समयमै अख्तियारी दिने, काम नगर्ने आयोजनाहरुलाई अर्को वर्ष छुट्याउने रकममा कटौती गर्नेलगायतका उपायहरु अपनाएमा पूँजीगत रकम खर्च हुनसक्ने र त्यसले विकासको कामलाई गति दिन सकिने बताएका थिए ।