
काठमाडौं, चैत ३ । विश्वमा कूटनीतिक सम्बन्ध विस्तार गर्ने र आफ्नो देशको प्रचार गर्ने अनेक शैली छन् ।
जसमा बोली–वचनदेखि खानपानसमेत पर्दछन् । त्यसमध्येको खानपान कूटनीति एउटा महत्वपूर्ण र प्रचलित शैली हो ।
यसैक्रममा कूटनीतिक व्यवहारमा निकै अग्रस्थानमा रहेको मानिने देश फ्रान्सले विश्वभर गत वर्षदेखि ‘गु द फ्रान्स’ अर्थात् ‘गुड फ्रान्स’ नामक खाना कूटनीति सुरु गरेको छ ।
यसैको निरन्तरतास्वरुप यस वर्ष पनि यही मार्च २१ का दिन विश्वभरका १५ सय रेष्टुराँमा फ्रेन्च खानाका परिकार पस्कने भएको छ ।
यससम्बन्धी जानकारी दिन बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा नेपालका लागि फ्रान्सेली राजदूत इभ कार्मोनाले नेपालको दरबारमार्गस्थित याक एन्ड यति होटलको चिम्नी रेष्टुराँ र द ओल्ड हाउसमा फ्रेन्च खानाका परिकार पस्कँदै यस अभियानमा संलग्नता जनाउने जानकारी दिए ।
युनेस्कोको सूचीमासमेत परेको फ्रेन्च खानामार्फत् विश्वभर कूटनीतिको सन्देश फैलाउने कार्यको सुरुआत भने गत वर्षदेखि फ्रेन्च विदेशमन्त्रीले थालेका हुन् ।
प्रतिक्रिया दिनुहोस्