
काठमाडौं, चैत २ । यहि चैत्र ४ गतेदेखि काठमाडौंमा आयोजना हुने पाँचौंं अन्तर्राष्ट्रिय औद्योगिक मेलामा ६० ओटा स्टल जडिबुटीको रहने जनाइएको छ ।
औद्योगिक व्यापार मेलाको सहआयोजक रहेको नेपाल हब्र्स् तथा हर्बल उत्पादक संघले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी मेलामा हब्र्स् तथा हर्बल उत्पादनको छुट्टै ‘पेभिलियन’ रहने जानकारी गराइएको हो ।
स्वदेशी उत्पादनको बजार प्रवद्र्धन गर्ने उद्देश्यसहित नेपाल उद्योग वाणिज्य महासंघले हरेक बर्ष अन्तर्राष्ट्रिय औद्योगिक मेला गर्दै आएको छ ।
यसपटकको मेलामा ६० भन्दा बढी प्रकारका आयुर्वेदिक औषधि, विभिन्न सुगन्धित तेलहरु एवं उच्च मूल्य एवं परिमाणमा निर्यात हुने जडिबुटीहरु रहने जनाइएको छ ।
मेलामा यार्सागुम्बा, चिराइतो, कुरिलो, सतुवा, रुद्राक्ष लगायतका उत्पादनहरु मुख्य आकर्षण रहने जनाइएको छ ।
अन्तर्राष्ट्रिय व्यापार मेलामा नेपालसहित जर्मनी, फ्रान्स, भारत, बंगलादेश, पाकिस्तान, चीन लगायतका देशको सहभागिता रहने जनाइएको छ ।
गत वर्ष १ करोड ५० लाख रुपैयाँ बराबरको हब्र्स् तथा हर्बलका उत्पादन निर्यात् भएको संघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्