
काठमाडौं, चैत २ । अघिल्लो दिन ऋणात्मक रहेको शेयर बजार मंगलबार सकारात्मक रह्यो ।
उतार–चढावबीच बजार परिसूचक नेप्से आधा अंक बढीले धनात्मक रहेर १३ सय १२ दशमलव आठ पाँच कायम भएर थामियो ।
यसदिन कारोबार परिमाणमा पनि अघिल्लो दिनको तुलनामा सुधार आयो । बीमा र वाणिज्य बैंक समूह हरियो रहेसँगै अरु समूह ओरालो लाग्दा पनि नेप्से सम्हालिएको हो ।
बीमा समूहमा ७१ अंकको बृद्धि भएको हो भने वाणिज्य बैंक समूहमात्र हरियो रहेको हो । जलविद्युत् समूह सबैभन्दा उच्च २७ अंकले झर्यो भने अरु समूह सामान्य अंकले ओरालो लागेका हुन् ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय २० कम्पनीको ११ लाख ९६ हजार कित्ता शेयर ७३ करोड ८५ लाख बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्