
काठमाडौं, चैत २ । प्रहरीले विभिन्न अपराधिक क्रियाकलापमा संलग्न रहेकाहरुलाई पक्राउ गरेको छ ।
केन्द्रीय अनुसन्धान ब्युरोले मंगलबार पत्रकार सम्मेलन गरी विभिन्न अपराधमा संलग्न रहेकाहरुलाई पक्राउ गरेको जनाएको हो ।
अनुसन्धान ब्युरोकै नाममा रकम असुली गरी ठगी गरेको आरोपमा संखुवासभाका तीर्थराज रेग्मी, काठमाडौंका इन्द्रबहादुर खत्री, भक्तपुरका सुनिल श्रेष्ठ, ललितपुरका श्याम लामा, लक्ष्मी शर्मा र काभ्रेका डम्बर जिम्बालाई पक्राउ गरेको ब्यूरोले जनाएको छ ।
त्यस्तै, भूमिगत संगठन जनतान्त्रिक टाइगर पार्टीका सदस्य जसलाल यादव पनि पक्राउ परेका छन् ।
ब्युरोले काठमाडौं न्युरोडको रन्जना गल्लीबाट ५ किलो सुन चोरेर फरार रहेका नेपाल प्रहरीका सइ विजयप्रताप शाहलाई पनि पक्राउ गरेको छ ।
उनीसँगै सहयोगी ओखलढुंगाका राजेन्द्रराज गुरुङ पनि पक्राउ परेका छन् ।
प्रतिक्रिया दिनुहोस्