४ बैशाख २०८२, बिहिबार | Fri Apr 18 2025


यस्तो छ भानुभक्त आचार्यको जन्मघर र जन्मथलो (भिडियो)


0
Shares

उपेन्द्र खनाल

तनहुँ, असार २९ । देशैभर धुमधामका साथ भानुजयन्ती मनाईरहँदा तनहुँको चुँदीमा रहेको भानुभक्त आचार्यको घर भने जीर्ण बन्दै गएको छ ।

आगलागीबाट जीर्ण बनेको घर लामो समय बित्दासमेत राज्यले पुनर्निर्माणमा चासो देखाएको छैन ।

यता, भानुभक्तको जन्मस्थल शिखर कटेरी परिसरमा भने रामायण भवनको निर्माणले स्थानीय उत्साहित देखिएका छन् । 

साहित्यिक धरोहर आदिकवि भानुभक्त आचार्यको घर भत्किएर भग्नावशेषमा परिणत हुँदा समेत पुनर्निर्माणका बारेमा कसैले पहल गरेको छैन । जसबाट आचार्यको जन्मस्थल चँुदी नै ओझेलमा पर्दै गएको छ ।

आचार्यको जीवनसँग जोडिएका संरचना संरक्षणमा ध्यान नदिंदा राज्यलाई ठूलो क्षति पुग्नुका साथै राज्य माथि नै प्रश्न तेर्सिएको छ ।

आदिकवि भानुभक्तको जन्मस्थल शिखर कटेरी परिसरमा भने लामो समयपछि भए पनि रामायण भवनको निर्माण थालिएको हो । जंगलकोबीचमा रामायण भवन बनेपछि भने त्यहाँ रामायण पाठ पढाइने र रामायणका पुस्तकहरु पर्याप्त उपलब्ध गराई अवलोकनको व्यवस्था मिलाइने छ । रामायण भवन पुग्न कच्ची बाटो भएकाले कालोपत्रे गर्न स्थानीयहरुको माग छ ।सरकारले रामायण भवन बनाउन तीन करोड बजेट छुट्याएको भानु जन्मस्थल विकास समितिका कार्यकारी निर्देशक शंकर रानाभाट बताउँछन् ।

आदिकवि भानुभक्त आचार्यको जन्मस्थल संरक्षण र चँुदीको विकासका लागि राज्यले पर्याप्त बजेट बिनियोजन नगर्दा समस्या पनि भएको छ ।

विस्तृत रिपोर्ट भिडियोमा हेर्नुहोस्