२८ चैत्र २०८१, बिहिबार | Thu Apr 10 2025


इलाममा जडिबुटी प्रशोधन केन्द्र बन्ने


0
Shares

इलाम । जिल्लामा उत्पादन हुने ४० प्रकारका जडिबुटी प्रशोधन गर्न १ नम्बर प्रदेश सरकारले प्रशोधन केन्द्र स्थापना गर्ने भएको छ ।

उत्पादन भएको जडिबुटी भारत र चीन निकासी हुने गरेपनि मूल्य अत्यधिक कम हुँदा किसान समस्यामा परेपछि प्रशोधन केन्द्र स्थापना गर्न लागिएकोे हो ।

किसानले उत्पादन गरेको जडिबुटीको प्रशोधन गर्न इलामको माईजोगमाई गाउँपालिका २ मा जडिबुटी प्रशोधन केन्द्र निर्माण गर्ने लागिएको प्रदेश १ को सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

माईजोगमाई गाउँपालिका २ स्थित छिपछिपेमा ५ रोपनी क्षेत्रफलमा प्रशोधन केन्द्र निर्माण गरिने भएको हो ।

प्रशोधन केन्द्र निर्माणका लागि प्रदेश सासंद खिनु लङ्वा लिम्बुसहित सामाजिक विकास मन्त्रालयको प्राविधिक टोलीले स्थलगत अध्ययन गरेको छ ।