९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


विज्ञान–प्रविधिको विकासका लागि ध्यान दिनुपर्नेमा जोड


0
Shares

काठमाडौं, जेठ ११ । सरकारले विज्ञान र प्रविधिको विकासका लागि ध्यान दिनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।

शनिबार काठमाडौंमा संयुक्त विद्यार्थी संगठनद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा उनीहरुले वैज्ञानिक आविष्कारका लागि आवश्यक पर्ने हरेक सामान नेपालमा नै पाउने वातावरण सिर्जना हुनुपर्ने बताए ।

सरकारसँग नेपालमा कति वैज्ञानिक छन् भन्ने एकीन तथ्यांक पनि नभएको उनीहरुले उल्लेख गरे ।

साधन–स्रोतको अभावका कारण अनुसन्धान र आविष्कार गर्न चाहनेहरुले आफ्नो कामलाई निरन्तरता दिन नसकेको उनीहरुको गुनासो थियो ।