१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025

क्वारेन्टिनको मापदण्ड सुधार गर्न र पीसीआर परीक्षणको दायरा बढाउन कांग्रेसको माग

0
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले क्वारेन्टिनको मापदण्ड सुधार गर्दै पीसीआर परीक्षणको दायरा बढाउन सरकारको ध्यानाकर्षण गराएको छ ।

कांग्रेसले गठन गरेको कोरोनापछिको उत्पन्न परिस्थितिको अनुगमन समितिका संयोजक तथा पार्टीका सहमहामन्त्री प्रकाशशरण महतको नेतृत्वको टोलीले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई भेटेरै ध्यानाकर्षण गराएका हुन् ।

काँग्रेसले क्वारेन्टिन मापदण्ड अनुसार नरहेको, पीसीआर परीक्षणले ब्यापकता पाउन नसकेको, कोरोना बाहेक अन्य स्वास्थ्य समस्या भएका विरामीले सुविधा पाउन नसकेको, खरिद प्रकृया अपारदर्शी भएको र केन्द्रले स्थानीय तहलाई आवश्यक रकम समेत नदिएको विषयमा ध्यानाकर्षण गराएको हो ।

मन्त्री ढकालले प्रतिदिन १० हजार पीसीआर परीक्षण गर्नेगरी काम अघि बढाएको बताउनुभएको छ । उहाँले बाहिर समाचार आएजस्तै अनियमितता नभएको र त्रुटी भए छानविनका लागि तयार रहेकोसमेत स्पष्ट पार्नुभयो ।