२८ चैत्र २०८१, बिहिबार | Thu Apr 10 2025


स्वाब ‘होल्ड’ हुने समस्या समाधान गर्न संसदीय समितिको निर्देशन


0
Shares

काठमाडौं, असार १६ । संसदको शिक्षा तथा स्वास्थ्य समितिले कोरोना परीक्षणका लागि संकलन गरिएका स्वाब ‘होल्ड’ हुने समस्या समाधान गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा मंगलबार भएको छलफलमा समितिले परीक्षणको नतिजा निकै ढिलो आउने समस्या बढेको सूचना आएकाले छिटो यो समस्या समाधान गराउन निर्देशन दिएको हो ।

निर्देशन दिँदै समितिकी सभापति जयपुरी घर्तीले ‘पीसीआर’ परीक्षण बढाउने मेसिन छिटो खरिद गराउन र संघले स्थानीय सरकारलाई कोरोना रोगको उपचार र परीक्षणका लागि पठाएको रकम छिटो पुर्‍याउनसमेत मन्त्रालयलाई आग्रह गर्नुभयो ।

छलफलमा सांसद जीवनराम श्रेष्ठले ‘संक्रमण देखिएको पाँच महिनासम्म जनशक्ति र किट अभाव तथा स्रोत–साधन अभाव देखाएर स्वास्थ्य मन्त्रालयले के काम गर्दैछ ?’ भन्ने प्रश्न गर्नुभयो ।

यस्तै, सांसद खगराज अधिकारीले संक्रमितको संख्या बढ्दै जाँदा पनि स्वास्थ्य आपत्काल घोषण किन गर्न नसकेको भन्दै सामग्री खरिदको विवरण प्रष्टसँग देखाउन पनि स्वास्थ्य मन्त्रालयलाई आग्रह गर्नुभयो ।

सो अवसरमा स्वास्थ्य मन्त्रालयका अधिकारी डा. गुणराज लोहनीले चीनबाट सामग्री पठाउने पक्षले म्याद थप गर्ने तर सामान नपठाउने गरेको बताउनुभयो ।