१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


रोजगारी सिर्जना र उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन सुझाव


0
Shares

काठमाडौं, असार १६ । नेपाली कांग्रेसले अर्थमन्त्री डा. युवराज खतिवडालाई अर्थतन्त्र पुनरुत्थानमा अघि बढ्न उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन सुझाव दिएको छ ।

मंगलबार कांग्रेसले गठन गरेको कोरोनापछिको उत्पन्न परिस्थितिको अनुगमन समितिका संयोजक तथा पार्टीका सहमहामन्त्री प्रकाशशरण महतले अर्थमन्त्री डा. खतिवडालाई उक्त सुझाव बुझाउनुभएको हो ।

‘लकडाउन’का कारण प्रभावित अर्थतन्त्र पुनरुत्थानका लागि रोजगारी सिर्जना र उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन सुझाव दिइएको छ ।

डा. महतले कोरोना र लकडाउनका कारण उद्योग–व्यवसाय र बेरोजगार भएका नागरिकलाई तत्काल सम्बोधन गर्न विभिन्न सुझाव दिइएको बताउनुभयो ।

विदेशी दाताबाट लिएको सहयोग स्वास्थ्य र उत्पादनमूलक तथा रोजगारीको क्षेत्रमा प्रवाह गर्नपनि कांग्रेसले सुझाव दिएको छ ।

यस्तै, राहत व्यवस्थापन तथा ऋण र ब्याज असुलीका लागिसमेत व्यवसायीलाई छुट दिनुपर्ने सुझाव कांग्रेसको छ ।